चन्द्र सापकोटा, नवलपुर ।
राष्ट्रिय जनमोर्चा गैँडाकोट नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले होमनाथ पराजुलीको अध्यक्षतामा २३ सदस्यीय नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ऋषिराम कँडेल, सचिव खिलेश्वरी धिताल, सहसचिव कृष्णप्रसाद सापकोटा र कोषाध्यक्षमा लक्ष्मी विक चयन हुनुभएको छ ।

सदस्यहरुमा कृष्ण पौडेल, केशवहरि पौडेल, कासीराम गौतम, माया पौडेल, शारदा सापकोटा, माधव पौडेल, सुमित्रा सापकोटा, दयाराम पौडेल, सुरज विक,चन्द्रबहादुर केसी, धनबहादुर लुङ्गेली मगर, भोजबहादुर महतो, टंक पौडेल, ज्ञानु थापा, कृष्ण सापकोटा, कृष्ण भण्डारी, जुना पौडेल र प्रेम भण्डारी रहनु भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, राजमो नवलपुरका अध्यक्ष एवम् केन्द्रीय सदस्य दिपक पाण्डे, केन्द्रीय सदस्य एवम् बागलुङ अध्यक्ष राजेन्द्र ढुङ्गाना, केन्द्रीय सदस्य भागीरथ भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का कार्यवाहक महासचिव सालिकराम सापकोटा, वामपन्थी बुद्धिजीवी युवराज पन्थी, जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विक, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य रुपनारायण महतो, युवा नेता गोविन्द अम्वाई, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य सुरज विकले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
कृष्ण सापकोटाको अध्यक्षता तथा खिलेश्वरी धितालको सञ्चालनबाट अघि बढेको सम्मेलनमा नवनिर्वाचित अध्यक्षबाट प्रतिवद्वता ग्रहण गर्नुका साथै चन्द्र सापकोटा, भागिरथ भट्टराई र विकाराम चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।