पुष्पा थापा ##
अखिल नेपाल महिला सङ्घको झन्डामुनि बसेर
अघि अघि बढ्ने हो कम्मर कसेर
Advertisement
अखिल नेपाल महिला सङ्घ चितवन जिल्ला
सबै मिली बनाउने हो यसलाई लालकिल्ला
श्रमजीवी महिलाहरु सबै यसमा लाग्ने हो
आफ्नो हक, अधिकार पूरा माग्ने हो
कानुन भन्छ विभेद छैन छोराछोरी बराबर
पुँजीवादी समाजले दिन्न अधिकार
आन्दोलन चर्काउनुछ दाइजो प्रथा विरुद्ध
हामीले नै बनाउने हो समाज समृद्ध
निस्तेज पार्नुछ छाउपडी प्रथालाई
जोगाउने हो वैज्ञानिक हाम्रो आस्थालाई
जातय विभेद पनि समाजको कलङ्क
समतामूलक समाज हो हाम्रो विकल्प
टोकाहा र बोक्सी भन्छन् बेसहारा नारीलाई
सबै मिली फ्याँकौँ न रुढिवादीलाई
पुँजीवादी संस्कृतिले समाज अस्तव्यस्त भो
गरिखाने महिलाको जीवन ध्वस्त भो

