काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुल्ला गरेको छ ।
Advertisement
२०८० साउन ३० गते मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । भूमिव्यवस्था मन्त्रालयले पुन: अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
हाल भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ ।