काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
Advertisement
ब्रेक प्याडबाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ रहेको राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।
यसलाई गालेर जोख्न बाँकी रहेकाले अझै केही तौल घट्न सक्ने बताइएको छ ।
राजस्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते १४५ किलो तौल बराबरको ‘ब्रेक शु’ बरामद गरेको थियो ।
बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो ।
बरामद सुन सय किलो रहेको भनी अनुमान गरिए पनि त्यो परिमाण कम रहेको भेटिएको हो ।