काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
Advertisement
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो। शुक्रबार विहान मोरङका मनित चौधरी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या सात पुगेको हो ।
यसअघि बिहीबार राति काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार पक्राउ परेकी थिइन् ।
बिहीबार सीआईबीले ५ जनालाई पक्राउ गरिसकेको छ। बिहीबार रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी तथा नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेका थिए ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले अपरेसन अभियान सञ्चालन गरिरहेको छ ।





