काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ ।
Advertisement
भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् भने उनकी श्रीमती शन्तमाया ब्लोन मृत अवस्थामा भेटिएकी हुन् ।
स्थानीयका अनुसार घरमा अक्कलबहादुर, श्रीमती, छोरी, ज्वाइँ, २ बच्चा र एकजना पाहुना रहेका थिए ।
राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमती नदीमा बगेका स्थानीयले बताएका छन् ।
बेपत्ता हुनेरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।