• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल नेपाल जनजाति सम्मेलनद्वारा रामबहादुर पुनप्रति श्रद्धाञ्जली


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले केन्द्रीय सदस्य रामबहादुर पुनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    कार्यवाहक अध्यक्ष अमरध्वज रानाको हस्ताक्षरमा २०८० साउन २२ गते सोमबार शोकवक्तव्य जारी गर्दै सम्मेलनले स्मृतिशेष पुनप्रति श्रद्धाञ्जलीका साथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

    वक्तव्यमा स्मृतिशेष पुनको पारिवारिक पृष्ठभूमि, सङ्गठनमा भूमिकाको संक्षिप्त चर्चा गर्दै उहाँको निधनबाट सङ्गठनले निडर, इमानदार, निष्ठावान् र विचारमा स्पष्ट व्यक्तित्व गुमाएको उल्लेख छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
    “हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनको हिजो २०८० साउन २१ गते आइतबारका दिन राति ११ बजे चितवन मेडिकल कलेजमा मुटु, कलेजोसम्बन्धी ‘थेओ’ भन्ने स्वास्थ्य समस्याले रक्तसञ्चार हुन नसकेका कारण असामयिक निधन भएको छ । अखिल नेपाल जनजाति सम्मेलन स्मृतिशेष रामबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न आग्रहसहित समवेदना प्रकट गर्दछ ।

    बागलुङ जिल्ला, काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी घर भई हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मङ्गलापुरमा बसोबास गर्दै आउनुभएका पुन बुबा कर्णबहादुर पुन र आमा तुलसी पुनको कोखबाट २०१४ भदौ १० गते तीन दाजुभाइमध्ये माहिलो छोरोको रूपमा जन्मनुभएको थियो । पुनको परिवारमा पत्नी, दुई छोरा सोमबहादुर पुन, अनुबहादुर पुन तथा एक छोरी गीता हुनुहुन्छ ।

    स्मृतिशेष पुनमा मुटु, कलेजो, प्रेसर, सुगरसम्बधी स्वास्थ्य समस्या पनि थिए । पछिल्लोपटक ढाडको समस्या देखिएपछि उहाँ गत असारमा काठमाडौँ कुपण्डोलस्थित मेदान्त अस्पतालमा एक हप्ता फिजियोथेरापी गरेर सन्चो भएर बुटवल फर्कनुभएको थियो ।

    फेरि स्वास्थ्यमा समस्या देखिएका कारण क्यान्सर रोगको आशङ्कामा भरतपुर क्यान्सर हास्पिटलमा जचाउनु भएको थियो । स्वास्थ्य परीक्षणमा केही समस्या नदेखिएपछि त्यहाँबाट डिस्चार्ज हुनुभयो तर फेरि स्वाथ्यमा समस्या देखा परेपछि उहाँ चितवन मेडिकल कलेजको आई।सी।यू। मा भर्ना भएर उपचार गराई रहनुभएको थियो । चिकित्सा शब्दावलीमा ‘थेओ’ भन्ने समस्याका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुन गई शरीरमा रक्तसञ्चार हुन नसकेपछि २०८० साउन २१ गते आइतबार राति ११ बजे उहाँको असामयिक निधन भएको थियो ।

    रोजगारीको सिलसिलामा भारतको चन्डिगढ पुग्नुभएका स्मृतिशेष पुन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुनुभएको थियो । भारतमा अखिल नेपाल जनजाति सम्मेलनको सङ्गठन रहँदा उहाँ त्यसको भारतशाखा उपाध्यक्षसमेत रहिसक्नुभएको थियो । स्वदेश फर्किसकेपछि पनि उहाँ सङ्गठित नभइरहन सक्नुभएन । २०७५ साल माघ महिनामा इटहरीमा सम्पन्न अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पुनले गण्डकी प्रदेश समितिको संयोजक, बाग्लुङ जिल्लाको इन्चार्ज तथा जनजाति सम्मेलन केन्द्रीय खेलकुद विभागको सदस्यसमेतको जिम्मेवारी बहन गर्नुभएको थियो ।

    स्मृतिशेष पुनको असामयिक निधनले हाम्रो सङ्गठनलाई ठुलो क्षति पुगेको छ । उहाँ सङ्गठनमा निडर, इमानदार, निष्ठावान् र विचारमा स्पष्ट हुनुहुन्थ्यो ।

    पुनको निधनप्रति केन्द्रीय समितिको तर्फबाट पुन: भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।”

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.