काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ ।
Advertisement
परराष्ट्रमन्त्री एनपी साउदले २०८० साउन २१ आइतबार उहाँले सेप्टेम्बरको तेस्रोरचौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभएको हो ।
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भन्नुभयो– ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’
उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेशनीतिका सम्बन्धमा सबै पार्टी र पक्षबिच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।