• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ जैमिनीमा लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आउनुभएका पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग हुनुहुन्छ ।

    Advertisement

    ‘बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो’, पुनले भन्नुभयो, ‘एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।’

    बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका छन् । स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको सङ्कट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो ।

    छ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताउनुभयो । विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो । लिफ्टमार्फत घर–घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन् ।

    बस्ती भन्दा छ सय ६० मिटर तल रहेको मुलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताउनुभयो । ‘खानेपानीको निकै दु:ख थियो, एक गाग्री पानीका लागि एक घण्टा समय लाग्थ्यो । कुवामा अबेर गए पानी नभएर फर्कनु पर्दथ्यो’, उहाँले भन्नुभयो, ‘पछि सामुदायिक धारा बनेपनि बर्खामा मात्रै पानी आउँथ्यो ।’ हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उहाँको भनाइ थियो ।

    जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी–१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिआई पाइपमार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो ।

    पानीको स्रोत नभएका स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिएको छ । यो धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भएका स्थानमा आयोजना सञ्चालन गरेका छैनौँ, कोइरालाले भन्नुभयो, भेडिखर्कमा पुराना मूल सुकेर खानेपानीको सङ्कट हुन थालेपछि लिफ्टमार्फत खानेपानी ल्याएका हौँ ।

    उहाँका अनुसार रू ८३ लाख ४६ हजार लागतमा खानेपानी पुर्‍याइएको हो । जैमिनी नगरपालिकाको रू १४ लाख ९८ हजार, नेवाको रू ५९ लाख ९० हजार, रू सात लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको रू एक लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिनुभयो ।

    अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापनक शेरबहादुर विकले जानकारी दिनुभयो । उहाँले हिँउदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताउनुभयो ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.