शिव पन्थी, प्युठान ।
अखिल नेपाल महिला संघ स्वर्गद्वारी नगर समिति अन्तरगत वार्ड नं ३ को भेला भिंगरीमा सम्पन्न भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा महिला संघ स्वर्गद्वारी नगर अध्यक्ष लक्ष्मी पन्थीले सम्बोधन गर्नुभएको थियो । यस्तै, अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुमि गुरुङ र कृष्णा रेग्मीले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले शान्ता भण्डारीको अध्यक्षतामा ९ पूर्ण र ४ सल्लाहकार गरी १३ जना रहेको वडा कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा रेग्मी, सचिव, कुशुम पोख्रेल, सहसचिव मनीषा रेग्मी र कोषाध्यक्षमा पदमा रेग्मी चयन हुनुभएको छ ।
सदस्यहरूमा सवित्रा रेग्मी, इन्द्रा रेग्मी, शिवा रेग्मी र अस्मिता रेग्मी रहनुभएको छ भने सल्लाकारहरू बेलीदेवी रेग्मी, रेवती रेग्मी, पदमा पोख्रेल रेग्मी र यशोदा रेग्मी चयन हुनुभएको छ ।
भेलाको अध्यक्षता तुलसा रेग्मीले गर्नु भएको थियो भने कृष्णा रेग्मीले स्वागत र संचालन मनीषा रेग्मीले गर्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई शिव पन्थीले बधाई दिनु भएको थियो ।