तमघासबजार । गुल्मीको कालीगण्डकीमा ऐतिहासिक तीन अभियानसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा कालीगण्डकी पालिका समितिको आयोजनामा २०८० साउन १९ र २० गते वडा नम्बर ६ खड्ककोटमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि रहनुभएकी राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले उक्त कार्यक्रममा ऐतिहासिक तीन अभियान र महिलाहरूको स्तरविकासको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
विशिष्ट अतिथि राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले जनताको विचमा पार्टीको काम, तात्कालिक राजनीतिक अवस्था र पार्टीको अनुशासनबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेलले माक्र्सवाद, लेनिननवाद र संशोधनवादको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर, शिक्षक सङ्घ गुल्मीका अर्थसचिव कृष्ण ढकाल, राजमो गुल्मीका सदस्य गङ्गा केसी, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष भीमबहादुर थापा र गुल्मी–रुपन्देही सम्पर्क समितिका उपाध्यक्ष धनु पाण्डेको पनि आतिथ्य रहेको थियो ।
राजमो पालिका समितिका अध्यक्ष सूर्यबहादुर क्षेत्रीको अञ्यक्षता तथा पालिका समितिका सचिव घनश्याम ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो गुल्मीका पूर्णबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
