• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

आँखा पाक्ने रोग बढ्दो, सरसफाइ र सामाजिक दुरी कायम गर्न सुझाव


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • भरतपुर । चितवनसहितका देशैभरिका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय जिल्लाका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् ।

    Advertisement

    यस सन्दर्भमा चिकित्सकले कोभिड–१९ मा झैँ हातको सरसफाइ, सामाजिक दुरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।

    भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दुरीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ । हातले आँखा छुनुहुँदैन । सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।’
    आँखा पाक्ने रोग (पिङ्क आई डिजिज) विशेषत: वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रूपमा हामीले यसलाई लिएका छौँ ।’

    यो रोग एकबाट अर्काेमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भिडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्काेमा सजिलै सर्ने बढी सम्भावना रहन्छ ।’

    यो रोग एक जनाबाट अर्काेमा फैलिन २४ घण्टादेखि एक हप्ताजति समय लाग्ने जनाउँदै उहाँले तीन हप्तादेखि कसै कसैलाई एक महिनासम्म पनि दु:ख दिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘बिरामी पहिलोपटक हामीकहाँ आउँदा आँखा बिझायो† बिहान उठ्दा आँखा सुनिएको देखियो† आँखा कचेराले टालियो† आँसु बढी आयो† उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ ।’

    सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उहाँको भनाइ छ ।

    आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना मसिना घाउ गराउन सक्ने उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।’ यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो– ‘चस्माले रोकथाममा सहयोग त पुर्‍याउँछ, तर एकबाट अर्काेमा सर्दैन भन्ने हुँदैन ।’

    घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने भन्दै उहाँले थप्नुभयो– ‘बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले चलाउन हुँदैन ।’

    सकभर बिरामीलाई छुट्टै कोठामा राख्दा अझै राम्रो हुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो– ‘घरमा एउटै बाथरुम हुन्छ† बिरामीले आँखा पुछेर छोएका बत्तीको स्विच, ढोकाको ह्यान्डिललगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ ।’

    यो रोग लागेमा अस्पतालमै आएर जचाउन सुझाव दिँदै डा सुवेदीले भन्नुभयो– ‘परीक्षण नगरी मेडिकलमा गएर औषधि लिनुहुँदैन । मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ ।”

    कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उहाँले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिनुभयो ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.