काठमाडौं । ललितपुरका एक व्यापारीलाई हनिट्रयापमा पारेर रकम लुट्ने योजना बनाएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको विर्तामोड ९ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगरसहित तीनजना छन्।
उनीहरुले व्यापारीलाई धम्क्याएर १० लाख रुपैयाँ मागेको थिए । रकम लिन जाँदा प्रहरीले पक्राउ गरेको हो ।
धम्क्याएर रकम अशुल्न पत्रकारको भूमिकामा रहेका सवारी चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ मांखा घर भई काठमाडौं बानेश्वर बस्ने दीपक पराजुली, राइड सेयरिङ (पठाओ, टुटल) सोही ठाउँका २७ वर्षीय बिमल सुवेदी र सिन्धुपाल्चोककै सुनकोसी गाउँपालिका ७ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सिना पनि पक्राउ परेका छन्।
अनिताले ती व्यापारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाई मायाजालमा फसाएकी थिइन् । त्यसपछि उनले घुम्ने जाने प्रस्ताव राखिन् । ती व्यापारीले पनि सहजै स्वीकार गरे ।
उनीहरु गोदावरी गएर एउटा होटलको कोठा बुक गर्छन् । तर, युवतीले आफूहरुबीच भएको सबै कुरा दाजु भाउजुले थाह पाएको बताउँछिन् । त्यसपछि युवतीका आफन्त भनिने व्यक्ति र पत्रकारबाट उनलाई धम्की आउन थाल्छ ।
५० हजार रुपैयाँ नदिए बलात्कारको मुद्दा हालिदिने धम्की आउन थाल्छ । र, अन्तमा १० लाखमा कुरा मिल्छ । सोही रकम लिन जाँदा प्रहरी र पीडितको योजना बमोजिम उनीहरु पक्राउ परेका हुन् ।
उनीहरूले अर्का व्यक्तिलाई पनि यसरी हनिट्रयापमा पारेको खुलेको छ।