काठमाडौं । संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार साँझ बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।
Advertisement
गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार उनको नाम सिफारिस भएको हो।
कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए।