काठमाडौं । सत्तारुढ नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंमा बसिरहेको छ ।
Advertisement
सोही बैठकमा सहभागी हुन काठमाडौं आएका एक केन्द्रीय सदस्यसहित केही नेता भने पार्टी नै परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेका छन् ।
माओवादीका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादव, प्रदेश समिति सदस्य सलाउदिन अहमद र कृष्ण मोहन प्रसाद यादव तथा जिल्ला सदस्य दिपेन्द्र चौधरी एमालेमा प्रवेश गरेका हुन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित एक कार्यक्रममा यादवलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।
तत्कालीन अवस्थामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र २०७९ साउन ६ गते माओवादीमा प्रवेश गरेका थिए।