काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्यवृद्धि गरेको हो।
Advertisement
निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले बढेको छ।
नयाँ मूल्य सूची अन्तर्गत अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ।
यस्तै, ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ।
यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।
त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ।