काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो ।
Advertisement
पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो ।
निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ ।
त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो ।
निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। जस अनुसार तत्काल मूल्य घटबढ हुने छ ।