काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टाछुट्टै रूपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
Advertisement
नेपाल राष्ट्र बैङ्कले २०८० साउन १२ गते शुक्रबार सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । यसअघि रु ५० लाख वा सोभन्दा बढीको कर्जामा प्यान अनिवार्य थियो ।
ऋणिले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धमा बैङ्क तथा वित्तीय त्यस्तै, ऋणि एउटै समूहअन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा पनि अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने संशोधनमा उल्लेख छ ।