काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले २०८० साउन १२ गते शुक्रबार जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत् प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्ने छन् । त्यस्तो सटही सुविधा एक वर्षमा दुईपटकमा नबढ्ने गरी मात्र प्रदान गरिने छ ।
एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुईपटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
श्रम स्वीकृति लिई बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।





