काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।
ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो ।
२०८० साउन ११ गते बिहीबिार कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा नै गिरावट आएको छ । कुल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता सेयर रु दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स रु आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३, प्रोगेसिभ फाइनान्स रु छ करोड ८० लाख ७७ हजार,नेपाल पुनर्बिमा कम्पनी रु छ करोड ११ लाख ७१ हजार र एभरेस्ट बैङ्क रु छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, एनआइसी एसिया फ्लेक्स फन्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ ।
त्यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको सेयर मूल्य चार दशमलव २० प्रतिशतले घटेको छ ।





