काठमाडौं । गएको आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा कमी आएको छ । आर्थिक वर्ष ०७९/०८० मा आयात निर्यात दुवै घटेको हो ।
गएको वर्ष आयात ३ खर्ब रुपैयाँले अर्थात १६ प्रतिशतले आयात घटेको छ ।
Advertisement
आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्व रुपैयाँको आयात मात्रै भयो।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निर्यात २१.४४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सबैभन्दा धेरै २ खर्ब रुपैयाँको रहेकोमा १ खर्ब ५७ अर्ब रुपैयाँमा सिमित भएको छ।
आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार पनि घटेको छ। अघिल्लो वर्ष २१ खर्ब २० अर्बको वैदेशिक व्यापार रहेकोमा अहिले १७ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित भएको छ।