• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

दैलेखका शोषितपीडित जनता र राष्ट्रिय जनमोर्चा


  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • नरबहादुर सिंह ##
    नेपालमा राष्ट्रिय जनमोर्चा पार्टीले वर्गविहीन समाज निर्माणको लडाइँ लडिरहेको सर्वविदितै छ ।

    Advertisement

    विश्वमा दुई थरी मानिसको बसोबास रहेको छ । जसमध्ये एक थरी सामन्तवाद, साम्राज्यवाद, नोकरशाही, दलाल वर्ग रहेको छ भने अर्काे, सर्वहारा श्रमजीवी तथा उत्पीडित वर्ग रहेको छ । दैलेखमा पनि त्यस प्रकारको दुई वर्ग अस्तित्वमा रहेको हामीले देख्न सक्दछौँ । यी दुई वर्गमध्ये राष्ट्रिय जनमोर्चाले सर्वहारा श्रमजीवी तथा उत्पीडित वर्गको हित गर्ने राजनीतिलाई अगाडि बढाउँदै आएको छ ।

    दैलेखका शोषितपीडित जनतालाई न्यायपूर्ण बाटोमा अगाडि बढाउने र वर्गयुद्धको मोर्चामा एकताबद्ध बनाउने उदेश्यका साथ राष्ट्रिय जनमोर्चाले पनि महŒवपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । चाहे त्यो छुवाछुत विरुद्धको आन्दोलन होस्, चाहे त्यो विगतको माओवादी ज्यादती विरुद्धको आन्दोलनमा होस अथवा २०६२–६३ साललगायतका विभिन्न न्यायपूर्ण जनआन्दोलनमा अग्रपङ्क्तिमा रहेर दैलेखी जनतामाझ राष्ट्रिय जनमोर्चाले निरन्तर न्यायको आवाज बुलन्द गरिरहेको छ ।

    साधारणतया माटोमा श्रम गरेर जेनतेन आफ्ना जीवनको गुजारा चलाउनु दैलेखी जनताको बाध्यता रहेको छ । यिनै शोषितपीडित जनताका छोराछोरीको श्रममा ब्रह्मलुट गरी देशैभरिका जालीफटाह, सामन्त, नोकरशाही दलालहरूले आफ्नो जीवन सुखमयपूर्ण प्रकारले बिताइरहेका छन् । जनताका छोराछोरीमाथि शोषणको यो निर्मम जातो निरन्तर घुमाइरहेका छन् ।

    बिहान काम पाए मात्र नेपाली शोषितपीडित जनताको बेलुका चुलो बल्छ नत्र भने उनीहरूले रोग, भोक र अभावमा मृत्युलाई स्वागत गर्नुको विकल्प छैन । यस बेला राज्यबाट तिनको गासबासको व्यवस्था होला भन्ने आशा छैन । हुरीबतास चल्दा फुस र टिनको छाना हावाले उदाउँदा झनै विपत्ति थपिँदै आएको छ । हुनेखाने वर्गको हाइहाइ भएको दैलेखमा हुँदा खाने, नहुँदा भोकै बस्न बाध्य हुने वर्गको पीडा चुलिँंदै गएको छ ।

    अर्काेतिर, तिनै भोकानाङ्गा जनताले तिरेको करबाट आएको विकासे योजनामा दैलेखका ठेकेदार र उपभोक्ता समूहले गुणस्तरहीन काम गरेर कागजपत्र र बिलभर्पाइ मिलाएर सरकारलाई आँखामा पर्दा हाली जनताको गाउँबस्तीमा लुट मच्चाइरहेका छन् । यति ठुलो ज्यादती मच्चाउनेलाई कडा कारबाही गर्नु त कहाँ हो कहाँ ? उल्टै यहाँका शासक–प्रशासक कमिसनखोरमा संलग्न बनी दैलेखी जनतालाई थप पीडित बनाइरहेका छन् । यस्तो अवस्थामा दैलेखको माटोमा जनताको पसिनामाथि रमाइरहेका सामन्त, दलाल वर्गको कुकृत्यको विरुद्धमा चेतना जगाउँदै हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा अहोरात्र सङ्घर्षको मैदानमा होमिएको छ ।

    सङ्घर्षको यो अग्निपरीक्षाको क्षणमा बेला बेला कतिपय साथीहरू हामीबाट हराउन पुगेता पनि यो महान लडाइँमा दैलेखी जनताका बिचबाट नयाँ सिपाही राष्ट्रिय जनमोर्चामा भर्ती हुने कार्य निरन्तर जारी छ । विगतको माओवादी “जनयुद्ध” कालमा राज्य वा माओवादीका ज्यादति र आतङ्कबाट अरू ठुला भनिने पार्टीहरू पाखा लागेको क्षणमा जनताको सुखदु:खको साथी बनेर राज्य र माओवादीद्वारा मच्चाइएको ज्यादतीी र आतङ्कको विरुद्ध सङ्घर्ष गरेको एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नै थियो । यसरी विगतमा र आज पनि राष्ट्रिय जनमोर्चा दैलेखले जनतासँग नङ र मासुको सम्बन्ध कायम राख्दै आइरहेको छ ।

    जनता र राष्ट्रिय जनमोर्चाको एकताबाट डराएका दैलेखका शासक–प्रशासक, दलाल, नोकरशाही पुँजीपति वर्गले अहिले पनि राष्ट्रिय जनमोर्चालाई जनताबाट पृथक राख्नका लागि पटक पटक असफल प्रयत्न गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाका कैयौँ नेताकार्यकर्तालाई बेला बेलामा झुटा आश्वासनमा फसाउने, किन्ने गरिरहेका छन् । यस्तो अवस्थामा कतिपय अवसरवादी र दृष्टिकोण निर्माण नभएका साथीहरूमा विचलन आउने, साना साना स्वार्थमा विक्री हुने काम पनि भइरहेको छ तैपनि अवसरवादी चरित्रलाई जनताले छिट्टै नङ्ग्याउने छन् ।

    केही अवसरवादीहरू विचलित हुँदैमा हामीले खासै चिन्ता लिनुपर्ने आवश्यकता छैन किनकि राष्ट्रिय जनमोर्चाको नीति सही छ । राष्ट्रिय जनमोर्चाको राजनीति जनताको पक्षमा छ । राष्ट्रिय जनमोर्चाको यो सही नीति र राजनीति जनताले विस्तारै बुझ्दै गइरहेको अवस्था छ । त्यसैले भ्रष्टाचार, छुवाछुत, महिला हिंसालगायतको तमाम जनसमस्याबाट दैलेखी जनतालाई मुक्त बनाउनका लागि र दैलेखका तमाम शोषितपीडित जनतालाई नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको बाटोमा हिडाउन र वर्गसङ्घर्षको लडाइँमा सामेल बनाउन राष्ट्रिय जनमोर्चा दैलेखले निरन्तर चेतनाको दीप बनेर बलिरहने छ । दैलेखका झुपडीका जनताको सहयोग र साथ लिएर जनताका न्यायपूर्ण लडाइँमा राष्ट्रिय जनमोर्चा दैलेख निरन्तर अगाडि बढिरहने छ ।

    शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.