• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयता खारेज गर : मसाल


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ ।

    Advertisement

    सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो ।

    सेनाको सङ्ख्या देशको सुरक्षा प्रणालीसित जोडिएको बताउँदै पार्टीले देशको खर्चमा अत्यधिक वृद्धि भएकोमा त्यसलाई घटाउन सङ्घीयता खारेजीतर्फ देश तथा जनताको ध्यानाकर्षित गराएको छ ।

    त्यस्तै, पार्टीले राजनीतिक अपराध तथा हिंसालाई माफी दिने गरी सरकारले संसद्मा प्रस्ताव अगाडि बढाएकोमा त्यसलाई गलत बताएको छ । उक्त विधेयकबाट सम्पूर्ण अपराधका अपराधीले उन्मुक्ति पाउन मार्गप्रशस्त हुने धारणा पार्टीले राखेको छ ।

    यस्तो छ, प्रवक्ता पुरीद्वारा जारी गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ :

    “खर्च कम गर्नका लागि नेपाली सेनाको सङ्ख्या कटौति गर्नेसम्बन्धी चलिरहेका विभिन्न प्रसङ्गप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।

    सेनाको सङ्ख्याको कारणले खर्च बढेको कुरालाई सही मान्न सकिन्न । सेनाको सङ्ख्या देशको सुरक्षा प्रणालीसित सम्बन्धित विषय भएकाले त्यस विषयमा धेरै नै विचार गरिनुपर्ने आवश्यकता हुन्छ । त्यो अवस्थामा सेनाको कटौति गरिनुपर्ने भन्ने अहिलेका विभिन्न प्रसङ्गलाई हाम्रो पार्टीले असान्दर्भिक र अनावश्यक भएको ठान्दछ ।

    देशमा खर्चको अत्यधिक वृद्धि भएको कुरा सत्य हो तर त्यो सेनाको सङ्ख्याको कारण नभई देशमा जबरजस्त र अनावश्यक रूपमा नेपाली जनताको टाउकोमाथि थुपारिएको सङ्घीयताका कारणले उत्पन्न भएको गम्भीर समस्या हो । सङ्घीयताका नाममा निर्माण भएका विभिन्न अनावश्यक संरचनाका साथै प्रादेशिक राजनीतिक संरचना र सरकार सबैभन्दा बढी खर्च बोझका कारण भएका छन् । उक्त खर्चबोझका कारणले सबैभन्दा बढी नेपाली जनता पीडित भएका छन् । त्यो आर्थिक बोझबाट देशको खर्चमा पनि अत्यधिक वृद्धि भएको छ । विदेशी ऋणको भार पनि चुलिँदै गएको छ । सामजिक सद्भावमा दरार पैदा हुँदै गएको छ । त्यसरी देशमा सामाजिक विखण्डनका साथै अनावश्यक आर्थिक बोझ र खर्च वृद्धि गराउने मुख्य कारणको रूपमा सङ्घीयता भएकाले त्यसको खारेजी देशका लागि अनिवार्य र आवश्यक बन्न गएको छ । त्यसैले त्यसलाई खारेज गर्नेतर्फ शीघ्र कदम उठाउनका लागि हामीले सरकार, सम्पूर्ण राजनीतिक दल र नेपाली जनतासित अपील गर्दछौँ ।

    राजनीतिक अपराध तथा हिंसालाई माफी दिने गरी संसद्मा सरकारद्वारा पेस गरिएको सरकारको प्रस्तावलाई हाम्रो पार्टीले गलत मान्दछ । उक्त प्रस्तावले राजनीतिक आडमा मानवताका विरुद्ध गरिएका सम्पूर्ण अपराधलाई माफी दिने र अभियुक्तलाई छुटकारा दिलाउनका लागि मार्गप्रशस्त गर्ने छ । त्यसबाट राजनीतिक हिंसाका नाममा मानवता विरोधी क्रियाकलापले प्रश्रय पाउनुका साथै देशमा अराजकता र दण्डहीनताको अवस्था सिर्जना हुने छ । त्यसरी त्यो प्रस्ताव मानवता तथा फौजदारी न्यायको सिद्धान्त विरुद्ध रहेको कुरा स्पष्ट छ । त्यस प्रकारको फौजदारी न्यायको सिद्धान्त विपरीत राजनीतिक अपराध र संलग्न अभियुक्तलाई उन्मुक्ति दिने प्रस्तावलाई हाम्रो पार्टीले गम्भीर रूपमा विरोध गर्दछ ।”

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.