• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपा (मसाल) लाई नेकपा वा नेका बन्ने खतराबाट कसरी बचाउने ?


  •   मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    आज हाम्रो पार्टी नेकपा (नेकपा) वा नेका जस्तो बनेको छैन भने त्यसको कारण यो हो कि हामीले पार्टीभित्र पार्टीको अनुशासन कायम राख्नका लागि दशकौँदेखि लगातार सङ्घर्ष गर्दै आएका छौँ । हामीले त्यसप्रकारको सङ्घर्ष नगरेको भए हाम्रो पार्टी पनि निश्चित रूपले नेकपा वा नेका जस्तै हुन्थ्यो ।

    आज ती दुवै सङ्गठनहरूको स्थिति कस्तो हो ? सरसरी रूपमा हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ । उनीहरूले आफ्ना पार्टीभित्रका मतभेदहरूलाई खुला रूपमा बाहिर लैजान्छन्, तिनीहरूभित्र माथिदेखि तलसम्म व्यापक प्रकारको गुटबन्दी छ । तिनीहरूमा कुनै निर्णय भयो भने पनि त्यो निर्णय अनुशासित प्रकारले कार्यान्वयन हुँदैन ।

    त्यसप्रकारको स्थिति नेकाका लागि परम्परागत र चरित्रगत विशेषता नै हो । जहाँसम्म कम्युनिस्ट पार्टीको प्रश्न छ, त्यसको सङ्गठनात्मक प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित हुन्छ । त्यसरी कुनै बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीको सङ्गठनात्मक प्रणालीका बीचमा आधारभूत प्रकारको नै अन्तर छ । सबै बुर्जुवा पार्टीले कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयताको सिद्धान्तमाथि आधारित सङ्गठनात्मक प्रणालीलाई अधिनायकवादी पद्धति भनेर विरोध वा आलोचना गर्ने गर्दछन् ।

    त्यो अवस्थामा नेकाले जुन प्रकारको सङ्गठनात्मक प्रणाली अपनाउँदै आएको छ, उनीहरूका लागि त्यो स्वभाविक र चरित्रगत विशेषता नै हो । तर नेकपाबारे त्यही कुरा भन्न सकिन्न । आज त्यो दक्षिणपन्थी संशोधनवादी सङ्गठन बनेको छ । तर त्यसको कम्युनिस्ट पृष्ठभूमि रहेको छ । पूर्व माले वा माओवादी नेकपा (मसाल)बाट नै अलग भएर बनेका सङ्गठनहरू हुन् । त्यसकारण उनीहरूको इतिहास जनवादी केन्द्रीयताको अभ्यासित जोडिएको छ । त्यसकारण अहिले उनीहरूले जुन प्रकारको सङ्गठनात्मक प्रणाली अपनाइरहेका छन्, त्यो उनीहरूको स्वभाविक विशेषता होइन र उनीहरूमा देखापरेको विकृति हो ।

    नेकाले त्यसप्रकारको प्रणालीलाई कति खुला र एक प्रकारले घोषित रूपले नै अपनाइरहेको छ ? त्यो कुरा केही उदाहरणबाट प्रष्ट हुनेछ । आज त्यो सङ्गठनभित्र नेतृत्व तहमा नै एक अर्काका विरुद्ध खुलेआम रूपले आलोचना गर्ने गरिन्छ । त्यसभित्र दर्जनौँ गुट र उपगुटहरू छन् । उनीहरूले आफूलाई देशको सबैभन्दा प्रजातान्त्रिक पार्टी बताउँछन् । तर त्यो सङगठनको कार्यप्रणाली चरम अधिनायकवादी प्रकारको छ । नेकपाले पनि त्यही प्रकारको कार्यप्रणाली अपनाउँदै गइरहेको छ । त्यसभित्र कैयौँ गुट र उपगुटहरू छन् । त्यसका विभिन्न नेताहरूले एक अर्काका विरुद्ध खुलेआम रूपले आलोचना गर्दै वा आरोपहरू लगाउने गर्दछन् । उनीहरूले केन्द्रीय तहमा कुनै निर्णय गरे भने त्यसका नेता वा कार्यकर्ताहरूलाई त्यो निर्णयको उल्लङ्घन गर्ने छुट छ । केही उदाहरणबाट त्यो कुरा प्रष्ट हुनेछ ।

    नेकपाभित्र वरिष्ठताको प्रश्नमा खुला प्रकारले नै एक अर्काको आलोचना गर्ने काम गरियो । पहिले माधव नेपाललाई तेस्रो वरिष्ठतामा राखिएको थियो । त्यो निर्णयका विरुद्ध झलनाथले सार्वजनिक रूपले नै आफ्नो असन्तोष प्रकट गर्दै हिंडे ।पछि झलनाथलाई वरिष्ठताको क्रममा तीन नम्बरमा राखिएपछि माधव नेपालले सार्वजनिक रूपले नै आफ्नो असन्तोष प्रकट गर्दै हिडिरेका छन् । एमसीसीको प्रकरणमा पनि त्यसप्रकारको दृश्य देखा पर्‍यो ।

    प्रधानमन्त्री ओलीले एमसीसीलाई संसदद्वारा पारित गराउने घोषणा गरे । तर त्यसका कैयौ केन्द्रीय नेताहरूले सार्वजनिक रूपमा नै त्यसको आलोचना गरे वा लेखहरू पनि लेखे । उनीहरूको त्यसप्रकारको विरोधलाई हामीले सही नै मान्दछौँ । तर त्यसप्रकारको क्रियाकलापले नेकपाभित्र कुनै अनुशासन नभएको कुरालाई नै बताउँछ ।पछि उनीहरूको कार्यलले यथास्थितिमा त्यसलाई पारित गर्न नहुने सुझाव दियो । तर त्यसबारे सचिवालयमा कुनै निर्णय नगराइकन ओलीले त्यसलाई संसदमा पारित गराउने अभिव्यक्ति दिंदै हिडे । त्यसले उनीहरूको सङ्गठन प्रणाली पूरै अराजकतावादी भएको कुरालाई नै बताउँछ ।

    नेकपाको सचिवालयले वामदेवलाई पठाउने निर्णय गर्‍यो । त्यसप्रकारको निर्णय गर्ने बेलामा स्वयं ओली पनि उपस्थित थिए । तर उनले सचिवालयका निर्णयका विपरित वामदेवलाई राष्ट्रिय सभामा नपठाउने कुरा सार्वजनिक गरे । नेकपाले कसलाई राष्ट्रिय सभामा पठाउँछ वा पठाउँदैन त्यो हाम्रो सरोकारको विषय होइन, तर सचिवालयले गरेको निर्णयलाई स्वयं त्यसका अध्यक्षले नै विरोध गर्नुलाई पनि त्यो सङ्गठनको कार्यप्रणाली वा अनुशासन एक प्रकारले नेकाको जस्तै भएको कुरालाई बताउँछ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसप्रकारको कार्यप्रणाली एउटा कम्युनिस्ट पार्टीकोभन्दा आधारभुत प्रकारले नै भिन्न वा विपरित प्रकारको छ ।

    कुुरा त्यति मात्र होइन । नेकपाभित्रको सङ्गठनात्मक प्रणाली वा अनुशासन भएको अराजकता यति चरम रूपमा देखापरेको छ कि कुनै विषयमा केन्द्रले कुनै निर्णय गरे पनि तल्लो तहका समिति वा कार्यकर्ताहरूले घोषित रूपले नै त्यो निर्णयलाई उल्लङ्घन गर्ने छुट छ । केन्द्र स्वयं आफ्नो निर्णयलाई तलसम्म लागू गराउन असमर्थ हुन्छ वा केन्द्रको कुनै निर्णयलाई तल्ला समिति वा कार्यकर्ताहरूले उल्लङ्घन गरे पनि त्यसका अगाडि केन्द्र लाचार हुन्छ वा स्वयं केन्द्रले पनि आफूले गरेको निर्णयलाई उल्लङ्घन गर्नका लागि जिल्लाहरूलाई प्रोत्साहित गर्ने गर्दछ । स्थानीय चुनावका बेलामा प्यूठानको वरौलामा नेकपाभित्रको त्यसप्रकारको अनुशासनविहीनता वा अराजकता तल्लो रूपमा चरम र नाङ्गो रूपमा प्रकट भयो ।

    प्रदेश र स्थानीय तहका उपनिर्वाचतहरूका सन्दर्भमा राष्ट्रिय जनमोर्चा र नेकपाका बीचमा एउटा सहमति भएको थियो । त्यसअनुसार प्रदेश सभाको चुनाव बाग्लुङको बुर्तिवाङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने र अन्यत्र सबै ठाउँमा राजमोले नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्ने तथा स्थानीय तहको उपनिर्वाचनमा नेकपाले प्यूठानको वरौलामा राजमोको उम्मेदवारलाई समर्थन गर्ने तथा देशभरि अन्यत्र सबै ठाउँमा राजमोले नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्ने सहमति भएको थियो । बाग्लुङ राजको उम्मेदवारका विरुद्ध त्यहाँको नेकपाको जिल्ला कमिटीले बागी उम्मेदवार खडा गरेको थियो । तर उनीहरूको केन्द्रले त्यो बागी उम्मेदवारलाई फिर्ता गर्न लगाएर इमान्दारितापूर्वक राजमोको उम्मेदवारलाई समर्थन गर्‍यो । तर प्यूठानमा उनीहरूको व्यवहार ठीक विपरित रह्यो ।

    प्यूठानको बरौलामा पनि केन्द्रमा भएको सहमतिअनुसार त्यहाँको जिल्ला कमिटीले राजमोको उम्मेदवारका विरुद्ध कुनै उम्मेदवार खडा गरेन । तर त्यहाँ एउटा बागी उम्मेदवार खडा भयो । त्यहाँ नेकपाकातर्फबाट कुनै उम्मेदवार खडा नभएको कुराले राजमोसित उनीहरूको केन्द्रीय स्तरमा सहमति भएको कुरालाई नै बताउँछ । तर केन्द्रीय तहमा राजमोको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको भएपनि र त्यसअनुसार प्यूठानममा नेकपाकोतर्फबाट कुनै उम्मेदवार खडा नभएको भएपनि त्यो सङ्गठनको प्यूठानको जिल्ला कमिटीले राजमोका विरुद्ध खडा भएको बागी उम्मेदवारलाई जिताउनका लागि पूरा शक्ति लगाए । कुरा त्यहीँसम्म सीमित रहेन । उनीहरूको केन्द्रले पनि प्यूठानको जिल्ला कमिटीको त्यसप्रकारको कार्यविधिमाथि कुनै नियन्त्रण गरेन । त्यसको अर्थ यो भयो कि प्यूठानको जिल्ला कमिटीले उनीहरूको केन्द्रले राजमोसित गरेको सहमतिको उल्लङ्घन हुँदा त्यसमाथि नियन्त्रण गर्नका लागि कुनै पहलकदमी गरेन । त्यसको अर्थ यो हो कि स्वयं उनीहरूको केन्द्रले नै प्यूठानको त्यसप्रकारको कार्यलाई समर्थन गरेको थियो । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसप्रकारको कार्यविधिले नेकपाभित्र व्यापक रूप लिएको अराजकतावादी कार्यशैलीलाई बताउँछ ।

    प्रतिनिधिसभामा सभामुखको चुनावको सन्दर्भमा पनि त्यही प्रकारको दृष्य देखा पर्‍यो । उनीहरूको सचिवालयले त्यो बेलाकी उपसभामुख तुम्बाहाम्फेलाई उपसभामुखको पदबाट राजिनामा दिनका लागि निर्देशन दिएको थियो । तर उनले त्यो निर्णयका विरुद्ध उपसभामुखबाट राजिनामा नदिने अडान लिइन् । सभामुखमा उनलाई निर्वाचित गर्ने निर्णय गरेपछि मात्र राजिनामा दिने कुरा बताइरहिन् । उनको त्यसप्रकारको अडानले पनि नेकपाभित्र कुनै अनुशासन छैन भन्ने कुरालाई नै बताउँछ । आखिर उनको अडानका नेकपाको नेतृत्व झुक्न वाध्य भयो रपछि उनलाई कानुनमन्त्री बनाउने समझदारी भएपनि नै उनले उपसभामुखबाट राजिनामा दिइन् र सभामुखको निर्वाचन सम्पन्न भयो ।

    हाम्रो पार्टीले पनि नेकपा वा नेकामा जस्तै सङ्गठनात्मक प्रणाली अपनायो भने हाम्रो पार्टीको रूप कस्तो हुने होला ? तर हामीले त्यसप्रकारको सङ्गठनात्मक प्रणाली नअपनाएर एउटा कम्युनिस्ट पार्टीले अपनाउने जस्तो सङ्गठनात्मक प्रणाली अपनाउँदै आएका छौँ । त्यसैले हाम्रो पार्टी नेकपा वा नेका जस्तो बन्नबाट बचेको छ । तर त्यसका लागि हामीले लामो, निमर्म र कडा सङ्घर्र्ष गर्दै आउनु परेको छ । इतिहासका बेग्लाबेग्लै कालखण्डमा हाम्रो पार्टीमा पनि त्यसप्रकारका बेग्लाबेग्लै प्रवृत्तिहरू देखा पर्ने गरेका छन् । जस्तो किमाथि भनियो, हाम्रो पार्टीको आधारभूत सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो ।

    त्यसका दुईवटा पक्षहरू छन् ः तलबाट जनवाद र माथिबाट केन्द्रीयता । पार्टीका सबै स्तरका कमिटीहरू तलबाट आएका प्रतिनिधिहरूद्वारा चुनिन्छन्, जस्तै कि जिल्लाबाट आएका प्रतिनिधिहरूको सम्मेलनद्वारा जिल्ला कमिटीको निर्वाचन हुन्छ भने देशभरिबाट आएका प्रतिनिधिहरूको महाधिवेशनद्वारा केन्द्रीय कमिटीको निर्वाचन हुन्छ । त्यसै गरेर विभिन्न स्तरका सम्मेलनहरूलाई नीति निर्धारण गर्ने अधिकार हुन्छ । सबै पार्टी सदस्य वा सदस्यहरूलाई केन्द्रका नीति वा नेतृत्वको आलोचना गर्ने अधिकार हुन्छ । यो जनवाद हो । तर अर्कातिर, केन्द्रीयताको नियमअनुसार बहुमतको निर्णय अल्पमतले, उच्च समितिहरूका निर्णयहरू सबै तल्ला समितिहरूले र महाधिवेशनका निर्णयहरू पूरै पार्टीले मान्नुपर्दछ । ती दुवै पक्षहरूको मेलमाथि नै पार्टीको सङ्गठनात्मक प्रणाली वा अनुशासन टिकेको हुन्छ । त्यसैलाई हामीले लेनिनवादी सङ्गठनात्मक प्रणाली बताउँछौँ ।

    यस सिलसिलामा एउटा अर्को लेनिनवादी सिद्धान्तको पनि चर्चा आवश्यक छ । त्यो सिद्धान्त हो, छलफलको स्वतन्त्रता र कामको एकताको सिद्धान्त । कुनै पनि स्तरका समितिका भेला, सम्मेलन वा महाधिवेशनमा छलफलको पूरा स्वतन्त्रता हुन्छ । तर लेनिनवादी सिद्धान्तले यो कुराको माग गर्दछ कि छलफलपछि सहमति वा बहुमतद्वारा निर्णय भएपछि त्यसलाई सबैले पालना गर्नुपर्दछ र कार्यान्वयनको दौरानमा कुनै मतभेद प्रकट गर्न पाइन्न ।

    माथि लेनिनवादी सङ्गठनात्मक प्रणालीको जुन चर्चा गरियो, त्यो प्रणालीअन्तर्गत काम गर्नका लागि कैयौँ नियमहरू बनेका हुन्छन्, उदाहरणका लागि, सबै पार्टी सदस्य र कमिटीहरूलाई पार्टीका केन्द्रसम्मका नीति वा निर्णयहरूको समेत आलोचना गर्ने अधिकार हुन्छ । तर त्यसप्रकारको आलोचना अराजकतावादी प्रकारले गर्न मिल्दैन र पार्टीको विधान र अनुशासनअन्तर्गत रहेर नै त्यसप्रकारका आलोचनाहरू गर्न पाइन्छ । त्यसअनुसार कुनै पार्टी सदस्यलाई आफ्नो कमिटीभित्र वा माथिल्लो कमिटीमा नै आफ्ना त्यसप्रकारका आलोचनाहरू गर्न पाइन्छ । तर आफ्नो कमिटीभन्दा तल, असम्बन्धित पार्टी कमिटी वा सदस्यहरू वा सार्वजनिक रूपमा पनि त्यसप्रकारका आलोचनाहरू गर्न पाइन्न । भेला, सम्मेलन वा महाधिवेशनको बेलामा आफ्ना आलोचनाहरू गर्न पाइन्छ । तर तिनीहरूमा कुनै निर्णय भइसकेपछि ती निर्णयहरूलाई मान्नुपर्दछ र विरोध गर्न पाइन्न ।

    हाम्रो पार्टीका सङ्गठनात्मक प्रणालीसम्बन्धी जुन लेनिनवादी सिद्धान्तहरू छन्, तिनीहरूको औचित्यतालाई बुर्जुवा पार्टी, बुद्धिजीवी वा विभिन्न पत्रपत्रिकाहरूले पनि बुझ्न सक्दैनन् र उनीहरूको चीजहरूलाई हेर्ने बेग्लै दृष्टिकोणका कारणले हाम्रो त्यसप्रकारको पद्धतिलाई जनवादको हत्या वा अधिनायकवादी प्रकारको प्रणाली पनि ठान्न पुग्दछन् । बाहिरका मान्छेहरूले त्यसप्रकारको सोचाइ राख्नु स्वभाविक नै हो । तर कतिपय अवस्थामा पार्टीभित्रको त्यसप्रकारको सङ्गठनात्मक प्रणाली वा अनुशासनको औचित्यतालाई स्वयं पार्टी सदस्यहरूले पनि बुझ्न सक्दैनन् र त्यसबारे विभिन्न रूपमा उनीहरूका विरोधहरू प्रकट हुने गर्दछन् । त्यसले गर्दा प्रायशः पार्टीमा अराजकता र अनुशासनविहीनताका स्थितिहरू उत्पन्न हुने गर्दछन् र त्यसका विरुद्ध हामीले लामो समयदेखि सङ्घर्र्ष गर्दै आउनु परेको छ । त्यसैले नै हाम्रो नेकपा वा नेकाभन्दा बेग्लै पार्टीको रूपमा रहन सकेको छ ।

    यदि हामीले पार्टीभित्र देखा पर्ने त्यसप्रकारका अनुशासनविहीन वा अराजकताका प्रवृत्तिहरूलाई खुला छुट दिने वा तिनीहरूप्रति उदारता, समन्वय वा सम्झौताका नीतिहरू अपनाउने गरेको भए हाम्रो पार्टी पनि नेकाको कुरा छाडौँ, नेकपा जस्तै नै हुने कुरा निश्चित थियो । हाम्रो लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई रक्षा गर्ने वा त्यसअनुसार पार्टी सङ्गठनको निर्माण गर्ने प्रयत्नको परिणाम स्वरूप कैयौँपल्ट तीव्र अन्तरसङ्घर्र्ष वा कुनै बेला फुटका अप्रिय अवस्थाहरू पनि उत्पन्न हुने गरेका छन् । त्यसप्रकारका अवस्थाहरूको लगातार र दृढतापूर्वक सामना गरेर नै एउटा माक्र्सवादी–लेनिनवादी पार्टीको रूपमा हामी हाम्रो पार्टीको रक्षा गर्न समर्थ हुँदै आएका छौँ ।

    निश्चिय नै, यो निरन्तर चलिरहने प्रक्रिया हो । पार्टीको इतिहासमा, स्वयं लेनिनको समयदेखि नै बारम्बार जनवादी केन्द्रीयताका विरुद्ध जाने प्रवृत्तिहरू देखा पर्दै आएका छन्, त्यसप्रकारका प्रवृत्तिहरूलाई मुख्य रूपले सैद्धान्तिक प्रशिक्षणद्वारा वा पार्टी सदस्यहरूको सैद्धान्तिक स्तर उठाएर हल गर्ने प्रयत्न गर्नुपर्दछ । तर कतिपय अवस्थामा त्यसका लागि कडा सङ्घर्र्ष, अनुशासनका कारवाही समेतको सहायता दिनुपर्ने आवश्यकता हुन्छ ।

    जनवादको अभ्यास गर्नु सबैका लागि सजिलो हुन्छ, त्यसको अर्थ हुन्छ आफ्नो इच्छाअनुसार काम गर्नु । तर केन्द्रीयताको अर्थ हुन्छ, आफ्नो मत वा इच्छासित मेल नखाने पार्टीको नीति वा निर्णयलाई पनि कार्यान्वयन गर्नु । जुन साथीहरूमा चेतना वा अनुशासनको उच्च स्तरमा विकास भएको हुन्छ वा जो लामो समयदेखि पार्टीको अनुशासनका लागि अभ्यस्त भएका हुन्छन्, उनीहरूका लागि त्यसो गर्नु कठिन हुन्न । तर कतिपय नयाँ, अपरिपक्व वा कतिपय व्यक्तिवादी स्वभाव भएका व्यक्तिहरूका लागि पनि आफ्नो इच्छाका विपरित वा आफ्ना राय नमिलेका विषयहरूलाई मानेर काम गर्नु कठिन हुन्छ । त्यो अवस्थामा उनीहरूमा स्वभावतः पार्टी अनुशासनको उल्लङ्घन गर्ने प्रवृत्तिहरू देखा पर्दछन् । त्यस सन्दर्भमा डा. केशरजङ्ग रायमाझीको उदाहरण विशेष रूपमा उल्लेखनीय छ ।

    द्वितीय महाधिवेशनले गणतन्त्रको प्रस्ताव पास गर्‍यो । तर उनी बैधानिक राजतन्त्रका पक्षमा थिए । उनी महामन्त्रीमा चुनिएका थिए । तर महाधिवेशनले गरेको निर्णयलाई उनले गलत ठानेका थिए र त्यसलाई समर्थन गर्न सकेनन् । उनी स्वयं महामन्त्री भएर पनि महाधिवेशनका विपरित उनले काम गरेको हुनाले पार्टीमा गम्भीर प्रकारको अनुशासनविहीनताको स्थिति उत्पन्न भयो र अन्तमा हामीले उनका विरुद्ध विद्रोह गर्नुपरेको थियो । निश्चय नै, सधैँ अनुशासनविहीनताका प्रवृत्तिहरू त्यही प्रकारको व्यापक र चरम रूपमा देखा पर्दैनन् र अधिकतर अवस्थामा प्रशिक्षण वा अनुशासनका कारवाहीद्वारा पनि तिनीहरूको समाधान हुने गर्दछ ।

    माथि हामीले यो कुरामा जोड दिएका छौँ कि उदारता, समन्वय वा सम्झौताका कारण पार्टीमा अनुशासनविहीनताले प्रश्रय पाउँछ । त्यो अवस्थामा पार्टीको लेनिनवादी सङ्गठनात्मक प्रणाली वा अनुशासन कमजोर हुँदै जान्छ । अर्का सन्दर्भमा त्यसप्रकारको स्थितिमाथि समयमा नै नियन्त्रण गरिएन भने पार्टी नेकपा वा नेकाको पनि स्थितिमा पुग्ने खतरा हुन्छ । तर पार्टीमा देखा पर्ने अराजकतावादी वा अनुशासनविहीन प्रवृत्तिहरूमाथि नियन्त्रण गर्ने कार्य एउटा अप्रिय विषय हो । कैयौँ अवस्थामा हामीले आफूसित सँगै काम गरेका वा घनिष्ट सम्बन्ध भएका कैयौँ नेता वा कार्यकर्ताहरूमाथि पनि कारवाही गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसप्रकारको स्थितिबाट बच्नका लागि प्रायशः अनुशासनको प्रश्नमा उदारवादी दृष्टिकोण पनि अपनाउने गरिन्छ । हाम्रो पार्टीमा पनि कैयौँपल्ट त्यसप्रकारका कमजोरीहरू देखा पर्ने गरेका छन् ।

    तिनीहरूको परिणामस्वरूप पार्टीको सङ्गठनात्मक अवस्था झन्‌पछि झन् बिग्रदै जान्छ । त्यसकारण त्यस्तो स्थितिलाई रोक्नका लागि वा पार्टीलाई नेकपाको जस्तो स्थितिमा पुग्नबाट बचाउनका लागि कतिपय अवस्थामा हामीले अनुशासनसम्बन्धी कडा कदमहरू पनि उठाउनुपर्ने आवश्यकता हुन्छ । बाहिरका मानिसहरूले, प्रथम, त्यससम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको औचित्यता बुझ्दैनन् वा, द्वितीय, कतिपय अवस्थामा उनीहरूले कसैमाथि कारवाही भएको मात्र देख्दछन्, तर उनीहरूका कुन प्रकारका अनुशासनविहीन कार्यहरूका कारणले हामीले अनुशासनको कारवाही वा कतिपय अवस्थामा निश्कासन वा अनिश्चित कालका लागि पनि निष्काशित गर्नु परेको हो त्यो बुझ्दैनन् ।

    त्यसकारण उनीहरूले आफ्नो दृष्टिकोण वा समझदारीअनुसार हामीले गर्ने अनुशासनका कारवाहीहरूलाई गलत देख्दछ वा कतिपय अवस्थामा त्यसप्रकारका कारवाहीहरूद्वारा जनवाको हत्या भएको देख्दछन् । उनीहरूको समझदारीको जुन सीमा वा स्तर छ, त्यस अनुुसार उनीहरूको सोचाइ सही हुन सक्दछ । तर माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक दृष्टिकोणअनुसार पार्टीलाई नेकपाको स्तरमा पुग्न नदिनका लागि त्यसप्रकारका कारवाहीहरूको निर्णयात्मक महत्त्व हुन्छ । त्यसप्रकारको पद्धतिले नै पार्टीलाई नेकपा वा नेका बनाउनुबाट बचाउन सक्दछ ।

    मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.