मनिराम खनाल ##
‘स्वतन्त्र’ नामको पनि अवमूल्यन गराए
सिंहदरबार अदालतमा आगो लगाए
बालबालिका विद्यार्थीलाई गोली हानी मराए
नेपालको इतिहासलाई आगो लगाए
अमेरिकाको डिजाइनमा एउटा पार्टी खोलेर
सत्ता कब्जा गरेका हुन देश पोलेर
विदेशीका डिजाइनले देशलाई फाइदा हुँदैन
स्वतन्त्र छ भन्ने कुनै पार्टी हुँदैन
फ्री तिब्बत काम गर्ने आइएनजिओ बार्बरा
किन पोल्यौ आफ्नै देशको सिंहदरबार
मालपोत र नापी शाखा किन आगो लगायौ
देश पोलेर विदेशीलाई खुसी बनायौ
भ्रष्टाचारका फाइलहरू सर्वोच्चमा जलायौ
गरिब थियोे हाम्रो देश कङ्गाल बनायौ
जेलमा थिए अपराधी निकालेर भगायौ
सहकारीका मुद्दा पनि फिर्ता गरायौ
देश जलाउने अपराधीले के विकास गरौँला
सत्ता कब्जा गरेर खुसी भा हौला
भ्रष्टाचार र कुशासनको विरोध गर्नुथ्यो
सार्वजनिक सम्पत्तिले के पो गर्याथ्यो
कङ्ग्र्रेस र एमालेको कुशासनको कारण
साम्राज्यवाद आयो नेपाल बुझ्ने गरौ न
अफगानिस्तान युक्रेन हुन देशलाई बचाऊँ
टिओबी र बार्बरालाई लौ न भगाऊँ
