काठमाडौँ । मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती आज भदौ २६ गते मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
Advertisement
१९२३ भदौ कृष्ण कुशेऔँसीका दिन जन्मेर १९५३ भदौ कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा अस्ताएका भट्टले नेपाली साहित्यका लागि महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
युवाकवि पद्वीसमेत दिइएका भट्टले आदिकवि मानिएका भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएको थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।
मोती दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेका छन् ।
परिषद्ले दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको बताइएको छ ।
