महेश रिजाल, भालुबाङ ।
भालुबाङ अस्पतालमा निक साइमन इन्सिटच्युट सानेपा ललितपुरले विशेषज्ञ चिकित्सकसहित पाँच वर्षे कार्यक्रमलाई पुन: लागु गरेको छ ।
यस अवसरमा २०८३ भदौ २५ गते भालुबाङ अस्पतालमा आयोजित सो कार्यक्रमबारे जानकारी गराइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल विकास बोर्डका सदस्य विष्णु सेढाई (श्रेष्ठ), एनएसआई प्रशासकीय अधिकृत रविना शाक्य, सोही संस्थाका लुम्बिनी प्रदेश कार्यालयका विमल पुन, वरिष्ठ चिकित्सक (एमडिजिपी) डा. रणबहादुर बोगटी, डा. आशिष पाण्डे, सामाजिक व्यक्तित्व माबुल मिया, टेकवीर रिजाल, चन्द्रबहादुर घर्ती, अनु शर्मा, विमला पौडेल, छवि बस्नेत, सृष्टि बस्याल, डा. सिर्जना, डा. आकृति भुसालकाको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा भानु शर्मा, मधुकुमार सुनार, पूर्णबहादुर मौर्य, विप्लव लौहार, गीता पौडेल, शिला केसी, कल्पना भारती, पम्फा गौचन, पार्वती चौधरी, सुशीला रोका, स्वागत श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
स्मरण रहोस् उक्त संस्थाले एमडिजिपी एक, मेडिकल अफसर एक, स्टाफ नर्स एक, एनेस्थेसिया टेक्नेसियन एक, रेडियोलोजिस्ट एक र ल्याब टेक्निसियन एकसहित छ जना दक्ष स्वास्थ्यकर्मी आफ्नै संस्थाको व्यवस्थापनमा भालुबाङ अस्पतालमा कार्यरत छन् ।

