विष्णु शर्मा ##
लक्ष्य बोकी हिाडेकाहरू
थाक्नु हुन्न कहिल्यै ।
बिछ्याइन सक्छन् काँडा सिसा
पन्छाइँ हिँडौ जहिल्यै ।।
गाउँ गाउँ बस्ती बस्तीबाट
शोषित पीडित जाग्नुपर्छ ।
सम्पन्नहरूको राज्यसत्ता
सबै मिली ढाल्नुपर्छ ।।
गरिब निमुखाहरूको
राज्यसत्ता निर्माण हुनुपर्छ ।
गरिखाने वर्गको प्रतिनिधित्व
त्यही व्यवस्थाले गर्छ ।।
व्यवस्था बदल्नलाई
सजिलो कत्ति छैन ।
यत्ति बुझौँ यो काम
बच्चाको खेल होइन ।।
तयार हुनुपर्छ हामी
ज्यानको बाजी लाउन ।
बलिदानी भावना हुनैपर्छ
जनमुखी राज्यसत्ता आउन ।।
व्यक्तिगत सम्पतिहरू
सामाजिकीकरण गर्नुपर्छ ।
निम्नपुँजीवादी चरित्र
पूरै नै हट्नुपर्छ ।।
अन्तर्राष्ट्रिय परिस्थिति
अनुकूल हुनुपर्छ ।
दीनदुखीको चेतनाले
शिखर छुनुपर्छ ।।
चिन्नुपर्छ मित्रशक्ति
बैरीहरू पनि ।
लाग्नुपर्छ अविचलित
अटल योद्वा बनी ।
व्यक्तिगत लोभलालच
सबै त्याग्नुपर्छ ।
महत्त्वाकाङ्क्षी भावनाको
अन्त्य गर्नुपर्छ ।।
तब सम्भव हुने छ
जनमुखी सत्ता ।
अनि बल्ल हुने छ
सम्पन्नहरूको अन्त ।।