काठमाडौँ । आज असार ३० गते शनिबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने देखिएको छ ।
Advertisement
देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो सम्भावना व्यक्त गरेको हो ।
विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबार दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा भारी वर्षाका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।