काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
Advertisement
देशव्यापी रूपमा महामारीका रूपमा फैलिएको सो रोगका कारण हजारौँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसदहरूको पटक पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।