• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कोरोना भाइरसप्रति उच्च सतर्कता अपनाउन मसालको अपील, सबै भेला सम्मेलन स्थगित


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउन अपील गरेको छ । कोरोनाको प्रकोप फैलने आशंकामा मसालले पार्टी र जनवर्गीय संगठनले आयोजना गरेका सबै भेला तथा सम्मेलन स्थगित गर्ने निर्णय पनि गरेको छ ।

    Advertisement

    नेकपा (मसाल) को सोमबार बसेको बैठकले हाम्रो पार्टीले जनताको व्यापक सहभागीतामा हुने सबै भेला, सम्मेलन वा अन्य कार्यक्रमहरूलाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा जनाइएको छ ।

    यस्तै, मसालले एमसीसी, प्रतिगमनको खतरा, नेकपा भित्रको अन्तरद्वन्द्वले राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव तथा अन्तर्राष्ट्रिय स्तरमा भारतमा भड्किएको साम्प्रायिक दंगा लगायत समसामियक विषयमा पार्टीको धारणा स्पष्ट पारेको छ ।

    यस्तो छ वक्तव्यः
    ‘नेकपा (मसाल)को केन्द्रीय कार्यालयको आजै बसेको बैठकले देशको राजनीतिक स्थितिबारे गरेका निर्णयहरू जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।

    विश्वव्यापी रूप लिदै गइरहेको कोरोना भाइरसले नेपालमा पनि गम्भीर रूप लिदै गइरहेको छ । नेपालमा अस्पताल, डाक्टर, नर्स र आधुनिक उपचार पद्धतिको पर्याप्त व्यवस्था नभएको देशमा त्यसको सङ्क्रमणबाट गम्भीर स्थिति पैदा हुने खतरा छ । त्यस प्रति सरकारका साथै सम्पूर्ण जनताले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    कोरोना भाइरसको खतरामाथि ध्यान दिंदै हाम्रो पार्टीले जनताको व्यापक सहभागीतामा हुने सबै भेला, सम्मेलन वा अन्य कार्यक्रमहरूलाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको छ । हामीले सबै मोर्चा वा जनवर्गीय सङ्गठनहरूसित त्यो निर्णयलाई कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।

    नेकपा (नेकपा)ले गठन गरेको कार्यदलले एमसीसीलाई वर्तमान अवस्थामा स्वीकार गर्न नहुने सुझाव दिएको छ । त्यसलाई जस्ताको तस्तै पास गर्न प्रधानमन्त्री ओलीले जोड दिइरहेको बेलामा त्यसलाई यथास्थितिमा अगाडि बढाउन नहुने सुझावको प्रगतिशील र सकारात्मक महत्व छ । तर हामीले सुरुदेखि त्यसलाई कुनै पनि रूपमा स्वीकार गर्न नहुने कुरामा जोड दिदै आएका छौं । नेकपा (मसाल) सहित दशवटा वामपन्थी सङ्गठनहरूले पनि त्यसलाई सम्पूर्ण रूपले खारेज गर्नुपर्ने माग गर्दै संयुक्त रूपले संघर्ष सञ्चालन गर्दै आएका छन् । एमसीसी वास्तवमा इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो र त्यसको मुख्य उद्देश्य चीनका विरुद्धको घेराबन्दीमा हिन्द प्रसान्त क्षेत्रका सबै देशहरूलाई उपयोग गर्नु हो । नेपालले त्यसलाई स्वीकार गरेमा हाम्रो देश चीन र अमेरिकाका बीचको द्वन्द्वको चपेटामा पर्ने छ र त्यसको परिणाम स्वरूप नेपालले दीर्घकालिन प्रकारका क्षतिहरू व्यहोर्नु पर्नेछ ।

    अमेरिकी राष्ट्रपतिको भारत भ्रमणपछि भारत पनि इण्डोप्यासिफिक रणनीतिको पक्षको गठबन्धनमा जाने सङ्केत देखापरेको छ । भारतको त्यसप्रकारको नीतिबाट इण्डोप्यासिफिक रणनीति वा एमसीसीबाट नेपाललाई पुग्ने क्षति कैयौँ गुणा बढेर जाने सम्भावना छ । त्यो अवस्थामा एमसीसीका विरुद्धको संघर्षको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढेर गएको छ ।

    नेकपा (नेकपा)भित्र बढिरहेको आन्तरिक विग्रहप्रति हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ । उनीहरूभित्र एकता हुन्छ वा विग्रह हुन्छ रु त्यो हाम्रो सरोकारको विषय होइन, तर त्यसप्रकारको विग्रह वा त्यो कारणले त्यो सङ्गठनमा हुने फुटका कारणले देशको राजनीतिमा पर्ने सम्भावित असर हाम्रो चिन्ताको विषय हो । नेकपासित हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक, राजनीतिक मतभेदहरू छन् र उनीहरूका गलत नीति वा कार्यशैलीका विरुद्ध हामीले देशव्यापी रूपमा नै सङ्घर्ष गरिरहेका छौँ ।

    तैपनि पूर्व एमाले र माओवादीका बीचको एकताले प्रतिगमनलाई रोक्न महत्वपूर्ण योगदान दिएको छ भन्ने हाम्रो निष्कर्ष छ र त्यही आधारमा हामीले उनीहरूको सरकारलाई समर्थन पनि गरेका छौँ । तर उनीहरूका बीचको विग्रहका कारण एक वा अर्को रूपमा त्यो एकता टुट्छ भने त्यसबाट सीधा फाइदा प्रतिगामी शक्तिहरूलाई पुग्ने छ र देश प्रतिगमनको दिशामा जाने खतरा हुनेछ ।

    उनीहरूका बीचमा बढिरहेको विग्रहबाट प्रतिगामी शक्तिहरू धेरै नै प्रसन्न भइरहेका छन् र त्यो स्थितिमा उनीहरूले गणतन्त्र, धर्मनिपेक्षताका विरुद्धको हमला बढाएर लैजाने छन् । पहिले पूर्व एमाले र माओवादीको गठबन्धनबाट बनेको गठबन्धन टुट्दा पूर्व माओवादीसित मिलेर नेकाले सत्तामा पुग्ने अवसर पाएको थियो । यदि त्यो इतिहासको पुनः एक वा अर्को रूपमा पुनरावृत्ति भयो भने त्यसबाट देशलाई धेरै नै क्षति पुग्ने छ । त्यस्तो हुन नपाओस् भन्नका लागि हामीले नेकपाको नेतृत्व र त्यसका कार्यकर्ताहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    नेकपाभित्र बढिरहेको विग्रह खाली उनीहरूका बीचको अन्तर्विरोधका कारणले नै देखापरेको हो भन्न मुस्किल पर्दछ । अमेरिकी साम्राज्यवादले एमसीसीको माध्यमद्वारा नेपाललाई इण्डोप्यासिफिक रणनीतिको पक्षमा लैजान योजनावद्ध प्रकारले प्रयत्न गरिरहेको छ । नेपालको संसदले त्यसलाई अस्वीकार गर्‍यो भने पनि अन्य प्रकारले षडयन्त्र गरेर वा दवाव दिएर अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको पक्षमा लैजान पूरा प्रयत्न गर्नेछ ।

    त्यो अवस्थामा नेकपाभित्र फुट पार्ने वा वर्तमान सरकारलाई अपदस्थ गराएर अमेरिकी साम्राज्यवादको पूरै दलाली गर्ने कुनै राजनीतिक शक्तिलाई सत्तामा ल्याउने प्रयत्न गरियो भने पनि त्यो आश्चर्यको कुरा हुने छैन । खास गरेर अहिले भारतीय साम्राज्यवादको इण्डोप्यासिफिक रणनीतिमा सामेल हुने सहमतिका कारणले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको पक्षमा सामेल गराउन उनीहरूले सुनियोजित प्रकारले षडयन्त्र गर्ने र त्यसका लागि आवश्यक भएमा कुनै पनि कदम उठाउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा खाली एमसीसी मात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद दुवैका विरुद्धको सङ्घर्षलाई अरू बढाएर लैजानुपर्ने टट्कारो आवश्यकता भएको छ ।

    दिल्लीमा साम्प्रदायिक हिंसाहरू बढेर गएका छन् । खास गरेर भारतका कट्टर हिन्दूवादी शासकहरूको साम्प्रदायिक नीतिका कारणले त्यसप्रकारको स्थिति उत्पन्न भएको हो । भारत धर्मनिरपेक्ष देश हो । तर भारतका शासक वर्गहरूको कट्टर हिन्दूवादी साम्प्रदायिक नीतिका कारणले त्यहाँ साम्प्रदायिक दङ्गाहरू बढ्दै गइरहेका छन् ।

    दिल्लीमा भएका साम्प्रदायिक दङ्गाहरूबाट नेपालले पनि शिक्षा लिनुपर्ने आवश्यकता छ । राजावादीहरूले धर्मनिपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान चलाइरहेका छन् । भारतको कट्टर हिन्दूवादी शासक वर्गहरूले पनि उनीहरूको त्यो अभियानलाई समर्थन वा प्रोत्साहन दिने काम गरिरहेका छन् । यदि नेपालमा धर्मनिरपेक्षता समाप्त भएर हिन्दू राष्ट्र बनाउने प्रयत्न गरियो भने हाम्रो देशमा पनि साम्प्रदायिक तनाव वा दङ्गाहरू बढेर जाने सम्भावना रहने छ । त्यसैले भारतका कट्टपन्थी हिन्दू शासक वर्गको साम्प्रदायिक नीतिको नेपालमा असर पर्न नपाओस् भन्नेबारे उच्चस्तरको शतर्कता अपनाउनुपर्ने आवश्यकता छ ।’

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.