कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरको छैठौं जिल्ला सम्मेलन आगामी भदौ २५ गते महेन्द्रनगरमा हुने भएको छ ।
बिहीबार बेलौरीमा बसेको जिल्ला समितिको बैठकले जिल्ला सम्मेलनको मिति निर्धारण गरेको अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
सम्मेलनलाई सफल पार्न आउँदो साउन महिनामा स्थानीय स्तरका भेला तथा सम्मेलन तय गरिएको छ । जस अनुसार दोधरा चाँदनीमा १४ गते, भीमदत्त नगरपालिका ३ गते, बेदकोट २ गते, शुक्लाफाँटा ५ गते, कृष्णपुर १५ गते, लालझाडी ७ गते, पुनर्वास ४ गते, बेलौरी १३ गते र बेल्डाँडीमा ११ गते भेला तथा सम्मेलन हुनेछन् ।
यस्तै, बैठकले बैठकले ‘भ्रस्टाचार र महंगीको नियन्त्रण गर, राष्ट्रियताको रक्षा तथा संघीयता खारेज गर’ भन्ने नाराका साथ यही असाढ ३० गते महेन्द्रनगर र श्रावण १३ गते बेलौरीमा विरोध सभा गर्ने निर्णय भएको पनि अध्यक्ष कार्कीले बताउनुभयो ।
जिल्लामा किसानहरुलाई मल सहजरुपमा आपूर्ती गर्न र दैवीप्रकोपको पूर्व तयारीमा तदारुकता साथ लाग्न सम्बन्धित निकायलाई राजमोले आग्रह गरको छ । बैठकमा राजमो महासचिव मनोज भट्टको विशेष उपस्थिती रहेको थियो ।