काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक अराजक समूहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति ध्यानाकषर्ण भएको जनाएको छ।
Advertisement
महासंघ धनुषा शाखाका अनुसार असार २५ गते सोमबार राति जनकपुरधाम उपमहानगरपालिकास्थित भानुचोकमा सो समूहले पत्रकार रोहितामाथि सांघातिक आक्रमण गरेको थियो।
‘कुनै पनि बहानामा सञ्चारकर्मीमाथि यस किसिमले आक्रमण हुनु निन्दनीय र प्रेसविरोधी काम हो’ महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’