काठमाडौँ । राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले दलित समुदायले प्रत्यक्ष रूपमा अनुभूत हुने गरी न्याय दिन सरकारसित माग गर्नुभएको छ ।
Advertisement
२०८० असार २६ गते मङ्गलबार सम्पन्न राष्ट्रियसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
‘पीडित पक्षले प्रत्यक्ष अनुभूत गर्ने गरी सरकारले न्याय निरुपण गरोस् भन्ने माग राख्न चाहान्छु’ उहाँले भन्नुभयो ।
शून्य समयमा बोल्दै उहाँले जुम्लामा अन्तरजातीय विवाहलाई लिएर दलित युवकको घर डढाएको, दाङमा दुई जना दलित विद्यार्थीलाई जात थाहा पाएपछि कोठाबाट निकालिएको र बाँकेको बैजनाथमा सामान्य विवादका कारण दलित महिलामाथि हातपात भएको विषय उठाउनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘यस प्रकारका देशव्यापी रूपमा घटिरहेका दलित उत्पीडनसम्बन्धी घटनाप्रतिको सरकारको ध्यान जाओस् ।’