जगदीश ढकाल, नेपालगञ्ज ।
Advertisement
अखिल नेपाल महिला सङ्घ नेपालगञ्ज नगरको भेला सम्पन्न भएको छ ।
महिला संङ्घकी जिल्ला सल्लाहकार माला केसीको उपस्थितिमा २०८० असार २५ गते सोमबारका दिन माधवा जिसीको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो ।
उक्त, भेलामा अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे र राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकालको पनि आतिथ्यता रहेको थियो ।
भेलाले माधवा जिसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मनोरथ केसी, सचिवमा धना पोख्रेल, कोषाध्यक्षमा बलिसरा पुन तथा सदस्यहरूमा लक्ष्मी डाँगी, राधा रोका र कल्पना बिसी रहनुभएको छ ।
सो समितिले असार र साउन महिनामा सदस्यता वितरण, भेटघाट, समिति गठन/पुनर्गठन गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।