दाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको संगठनात्मक अभियान निरन्तर रुपमा चलिरहेको छ । अभियानकै सिलसिलामा आज अभियानको समिक्षा गरिएको छ । घोराही उपमहानगर समिती अन्तर्गतको अभियानको समीक्षा गरिएको हो ।
Advertisement
अभियान उत्साहजनक रुपमा अगाडी बढेको र अभियानको उदेश्य पूरा गर्नको लागि थप कार्यकर्ता परिचालन गर्नु पर्ने समीक्षा भएको छ । कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले अभियानलाई अरु तिब्र गतिमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसैकुरालाइ मध्यनजर गरि अभियानका समुहहरु बढाइएको छ । यसैगरी जिल्ला भर परिचालन भएका सबै समुहहरुले कार्यक्रमको समीक्षा गरि अभियानलाई थप प्रभावकारी बनाउने योजना पनि बनेको छ ।
यो पनि पढ्नु होस्ः
दाङ देउखुरीमा संगठन विस्तार जारी
दाङमा सातवटा टोली बनाएर सदस्यता वितरण तिब्र
दाङमा यसरी सुरु भयो संगठनात्मक अभियान