काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।
Advertisement
उनले देश भारतीय गुलामहरुले चलाएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि समेत आक्रोश व्यक्त गरेका छन् ।
उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् ।
हालै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि विवादमा परेको छन् ।
सो सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन् ।
उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाएका छन् । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।