बागलुङ बजार । बर्खा यामको सुरुआतमै बागलुङको गलकोटमा दरमखोलाले बगाउँदा एक युवकको ज्यान गएको छ ।
Advertisement
२०८० असार १९ गते मङ्गलबार साँझ गलकोट नगरपालिका वडा नम्बर ११ रिघास्थित दरमखोला हाइड्रोपावरको नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ती युवकको ज्यान गएको हो ।
निर्माणाधिन दरमखोला हाइड्रोपावरमा काम गर्दै आएका ओखलढुङ्गा स्थायी घर भएका २२ वर्षीय मिलन कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
कार्कीको शव पौडी खेलेको स्थानदेखि झन्डै ४ किलोमिटर तल खोलाको बिच भागमा फेला परेको प्रहरीले जनाएको छ ।