नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीमबहादुर थापा पुत्रशोकमा पर्नुभएको छ ।
माहिला छोरा सुरेश थापाको जुन ३० को राती निधन भएसँगै उहाँ पुत्रशोकमा पर्नुभएको हो ।
चेन्नई कानातुर गेटमा चौकिदारी गर्दै आएका ४२ वर्षीय थापा जागिर गर्ने कम्पनीमै बिहान मृत भेटिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार उनको मुखबाट गाज आइरहेकाले सर्प वा अन्य विषालु जीवले टोकेको आशङ्का गरिएको छ ।
यसैबिच, समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल र महासचिव प्रेम पौडेलले उहाँको निधनबाट सिङ्गो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्तब्ध भएको बताउँदै भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
त्यस्तै दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापा र सचिव जनकराज पौडेलद्वारा भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।