दीप गोले
आज नजितेर के भो
भोलि त पक्कै जित्नेछौ
आज नतिजा नदेखेर के भो
त्यो नतिजा एकदिन पाउनेछौ
आज विश्वास नगरेर के भो
त्यो त आखीर सत्य हो
हामी कुनै स्वार्थ बोकेको छैन
हामी बाटो देखाएको हो
तिमी हिड्न चाहेनौ
हामी बुझाउन खोजेको हो
तिमी बुझ्नै चाहेनौ
हामी सुनाउन खोजेको
तिमी सुन्नै चाहेनौ
हामी देखाउन खोजेको
तिमी हेर्न चाहेनौ
त्यो दिन
तिमी हिड्नेछौ
बुझ्नेछौ
सुन्ने पनि छौ
देख्ने पनि छौ
हामी कुनै झूट सपना देखाएको छैनौ
त्यो सपना तिमी आज झुट मान्ला
हामी भनिरहेछौ
यहाँ लुटिरहेछ
जनता मारिरहेछ
विदेश लखेटिरहेछ
तिमीसँग विद्रोह गर्ने आड छैन
हाम्रो एउटै उद्देश्य छ
यहाँ कोही भोकै नमरोस्
एक टुक्रा जमिन नभएर
सुकुम्बासी नबनोस्
कोहीसँग विघौविघा जमिन ओगटेर बस्ने
यो कस्तो थिति हो
आज नजितेर के भो !
Advertisement