• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

महासचिव भट्ट : भारत भ्रमणभन्दा अगाडि नागरिकता विधेयक प्रमाणीकरण कसलाई खुसी पार्न ?


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • भरतपुर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा ठिक अगाडि राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणित गर्नु कसलाई खुसी पार्न हो भन्दै प्रश्न गर्नुभएको छ ।

    Advertisement

    राजमो चितवनको तेस्रो सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै महासचिव भट्टले यस्तो प्रश्न गर्नुभएको हो ।

    ‘भारत भ्रमणमा जानुभन्दा दुई घण्टाअगाडि नागरिकता विधेयक प्रमाणित गरेको कसलाई खुसी पार्न हो ?’ उहाँले भन्नुभयो– ‘त्यो प्रष्टै छ नि, यो काम त भारतलाई खुसी पार्न हो ।’

    उहाँले भारत भ्रमणकै मुखमा नागरिकता विधेयक प्रमाणित गर्नुले वर्तमान सरकार कसको पक्ष छ भन्ने कुरा जनताका सामु प्रष्ट भएको बताउनुभयो ।

    ‘यदि नेपाली जनताले वास्तवमनागरिकता नपाएको भए भारत भ्रमणको बेलामा नागरिकता विधेयक किन प्रमाणित गर्नुपर्दथ्यो ?’ त्यसको उत्तरमा महासचिव भट्टले भन्नुभयो– ‘भारत भ्रमणका बेला नागरिकता विधेयक प्रमाणीकरण गर्नु भनेको भारतीयलाई नेपाली नागरिकता प्रदान गरिने छ भनेर भारतलाई खुसी पार्न हो भन्ने प्रष्टै छ ।’

    सर्वोच्च अदालत आफ्नै विरासत विरुद्ध
    सम्बोधनको क्रममा उहाँले नागरिकताको सवालमा सर्वोच्च अदालतको गौरवशाली विरासत भएको तर पछिल्लो फैसला भने आफ्नो उक्त विरासतको विरुद्ध रहेको बताउनुभयो ।

    ‘गत कालमा सर्वोच्च अदालतले नागरिकता विधेयकको सवालमा कैयौँ महत्त्वपूर्ण फैसला दिएको छ’ उहाँले भन्नुभयो– ‘सर्वोच्चका फैसलाका कारण कैयौँपटक गैरनेपालीका नागरिकता रद्द भएका छन्; सरकारका कैयौँ निर्णय खारेज भएका छन् तर अहिलेको फैसला त्यसको विरुद्धमा छ ।’

    उहाँले अहिले सर्वोच्चको फैसलाले हजारौँलाखौँ भारतीयलाई नागरिकता प्रदान गर्ने बाटो खुलेको बताउनुभयो ।

    महासचिव भट्ट सर्वोच्चको पछिल्लो आदेशप्रति खेद व्यक्त गर्दै भन्नुभयो– ‘सर्वोच्चको पछिल्लो फैसलाप्रति हामी खेद प्रकट गर्दछौँ र आशा गर्दछौँ, सम्माननीय सर्वोच्च अदालत आफ्नो विरासततर्फ फर्केर नेपाली राष्ट्रियता रक्षाको पक्षमा फैसला गर्ने छ ।’

    अहिलेको कानुनले भारतीय प्रधानमन्त्री
    सम्मेलनमा मन्तव्य राख्दै उहाँले अहिले पारित भएको कानुनले अब छिट्टै भारतीय नागरिक नेपालको प्रधानमन्त्री हुने स्थिति देखा परेको बताउनुभयो ।

    ‘अबको प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री जस्ता महत्त्वपूर्ण संवैधानिक पदमा शेरबहादुर देउबा, पुष्पकमल दाहाल, केपी शर्मा ओली जस्ता होइन’ उहाँले भन्नुभयो– ‘अबको प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री त भारतीय नागरिकता पनि साथै राखेका यादव, तिवारी, झा जस्ता व्यक्ति हुने छन् ।’

    महासचिव भट्टले सम्बोधनको क्रममा फिजीको उदाहरण दिनुभयो ।

    फिजीमा नेपालमा जस्तै जनसाङ्ख्यिक आक्रमणको अवस्था आइपरेको बताउँदै उहाँले त्यसबाट शिक्षा सिक्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सङ्घर्ष नै एक मात्र विकल्प
    सम्बोधनको क्रममा नागरिकता विधेयकका विरुद्ध सङ्घर्ष नै एक मात्र विकल्प रहेको उहाँको भनाइ थियो ।

    ‘सत्तासिन दलहरूले नागरिकताको सवालमा सम्झौतापरस्त नीति अपनाएका छन्’ उहाँले भन्नुभयो– ‘पछिल्लोपटक न्यायालयबाट पनि राष्ट्रविरोधी फैसला आएको छ । अब जनताले यसबारे विचार गर्नुपर्दछ ।’

    महासचिव भट्टले अब देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाली जनता आफै उठ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘नेपाली जनता आफै सङ्घर्षमा उठे भने यो देश जोगिन्छ, नत्र विश्व मानचित्रबाट नेपाल रहँदैन’ महासचिव भट्टले देश जोगाउन एकपटक फेरि सङ्घर्षको आँधीबेहरी सृजना गर्न अपिल गर्नुभयो ।

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.