मस्को । रुसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।
Advertisement
‘हामी पिएमसी वाग्नरको आक्रमण टोलीका लडाकुलाई अपिल गर्दै छौँ । तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो‘ सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सेनाले लडाकुलाई स्थायी तैनाथीका ठाउँमा फर्कन मदत माग्न पनि आह्वान गरेको छ ।
‘हामी तपाईंलाई कारण देखाउन र रुसको रक्षामन्त्रालय वा कानुन प्रवर्तनका प्रतिनिधिसँग सम्पर्कमा रहन आग्रह गर्दछौँ । हामी सबैको लागि सुरक्षाको ग्यारेन्टी गर्छौं’ विज्ञप्तिमा भनिएको छ । (रासस–एएफपी)