मस्को । रुसको रोसाटोम स्टेट कर्पोरेसनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आई.ए.ई.ए.) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्रवरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।
छलफलका क्रममा दुवै प्रतिनिधिले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेको दाबी गरिएको हो ।
लिखाचेभले जोड दिदै भन्नुभयो– ‘रुसी पक्षले आई.ए.ई.ए. सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास मिलेको बताउनु भएको छ ।’
उहाँले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायको बारेमा जानकारी गराउनुभएको थियो । विशेष गरी पानी आपूर्ति युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि उत्पन्न सङ्कटलगायतका विषयमा छलफल भएको रोसाटोमले बताउनुभयो ।
वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गर्नुभएको छ । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ । (रासस–सिन्ह्वा)