रवि पौडेल ##
Advertisement
जुन संविधानले राष्ट्रको रक्षा गर्न सक्दैन
त्यो संविधान मान्नैपर्ने हो र ?
जुन अदालतले राष्ट्रहितमा फैसला दिन्न
त्यसलाई मान्नैपर्ने हो र ?
जुन कानुन व्यवसायी देशको पक्षमा वकालत गर्दैनन्
तिनको पक्ष सुन्नैपर्ने हो र ?
जुन नेताले राष्ट्रघाती काम गर्छ
त्यसलाई नेता मान्नैपर्ने हो र ?
जुन सेनाले राष्ट्र जोगाउने चिन्ता गर्दैन
जनताले आफ्नो सेना भन्नैपर्ने हो र ?
सार्वभौमसत्तासम्पन्न जनता होइनन् र ?
हामीले जनतालाई मान्नुपर्ने होईन र ?
संविधानले राष्ट्रसेवक जनता भनेको छैन र ?
गलत निर्णय पनि मान्नैपर्ने हो र ?
नयाँ लेन्डुपेको निर्णय स्वीकार्नैपर्ने हो र ?