• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रघाती नागरिकता कानुनले भारतमा विलय हुने बाटो खोल्यो : राष्ट्रिय जनमोर्चा


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको असार ६ गतेको आदेशले देश भारतमा विलय हुने बाटो खोलेको ठहर गरेको छ ।

    Advertisement

    गत कालमा सर्वोच्च अदालत नागरिकताको सवालमा राष्ट्रियताको पक्षमा उभिने गरेको स्मरण गर्दै राजमोले अहिलेको आदेशले भने नेपाललाई वैधानिक रूपमा नै भारतमा विलय हुने बाटो खुलेको धारणा व्यक्त गरेको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० असार ८ गते शुक्रबार जारी गरिएको प्रेससविज्ञप्तिमा राजमोले यस्तो धारणा व्यक्त गरेको छ ।

    वक्तव्यमा राजमोले सर्वोच्चको फैसलाबाट गैरनेपालीले नेपालको नागरिकता प्राप्त गर्दा वास्तविक नेपाली नै अल्पमतमा पर्ने र यसरी देश फिजीकरणतर्फ जाने उल्लेख गरिएको छ ।

    राष्ट्रघाती नागरिकता कानुनको विरुद्धमा सङ्घर्ष गर्न आम जनतासित अपिल गरिएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :

    “राष्ट्रघाती नागरिकता कानुनको कार्यान्वयनमा सर्वोच्च अदालतको एकल इजलासले रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको थियो तर सर्वोच्च अदालतको हिजो बसेको दुई सदस्यीय इजलासले उक्त आदेशलाई बदर गरेको छ । राष्ट्रघाती नागरिकता कानुनको कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश बदर गर्ने गरी सर्वोच्च अदालतको निर्णयले गैरनेपालीले नेपालको नागरिकता प्राप्त गर्ने छन् जसको परिणाम वास्तविक नेपाली नै नेपालमा अल्पमतमा पर्ने र देश फिजीकरण हुने खतरा बढेर गएको छ ।

    हाम्रो पार्टीले सुरुदेखि नै जन्मको आधारमा नागरिकता वितरण गर्ने नीतिको विरोध गर्दै आएको थियो । जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने कुरा मुलुकको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध छ । भारतीय साम्राज्यवादको दबाबमा नै जन्मको आधारमा नागरिकता दिने र त्यसरी नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने नीति सत्तारूढ दलहरूले अपनाउँदै आएका थिए यद्यपि हाम्रो पार्टी, विभिन्न देशभक्त सङ्गठनको विरोध तथा सर्वोच्च अदालतले बारम्बार राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध दिएको निर्णयको परिणाम सरकारले राष्ट्रघाती नागरिकता कानुन पारित गर्न वा लागु गर्न सकिरहेको थिएन ।

    सर्वोच्च अदालतले राष्ट्रघाती नागरिकता कानुनको पक्षमा दिएको निर्णय विगतदेखि सर्वोच्च अदालतले नागरिकतासम्बन्धी फितलो कानुनका विरुद्ध अपनाउँदै आएको निर्णय वा फैसलाका समेत विरुद्ध रहेको छ । सर्वोच्च अदालतले विगतमा गैरनेपालीले लिएका हजारौँ नागरिता प्रमाणपत्रलाई बदर गरेको थियो । सरकारले अगाडि सारेका कैयौँ अध्यादेश, गृहमन्त्रालयका निर्णयसमेत उल्ट्याएर राष्ट्रियताको रक्षाको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको थियो तर अहिले आएर सर्वोच्च अदालतले राष्ट्रघाती नागरिकता कानुनको पक्षमा निर्णय गरेर विगतमा देशको राष्ट्रियताको रक्षाका लागि लिएको अडानका विरुद्ध उभिनु निकै दुखदायी र भत्र्सनायोग्य रहेको छ ।

    राष्ट्रघाती नागरिकता कानुनले हाम्रो मुलुकलाई वैधानिक रूपमा नै भारतमा विलय हुने बाटो खोलेको छ । नागरिकता कानुन खारेज गरेर नै देशको राष्ट्रियताको रक्षा गर्न सकिने भएको हुनाले राष्ट्रघाती नागरिता कानुनका विरुद्धको सङ्घर्षमा जोड दिन्छौँ ।”

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.