काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको अनशन अन्त्य भएको छ ।
Advertisement
२०८० असार ८ गते शुक्रबार चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् ।
उनी शुक्रबार नै चितवनबाट काठमाडौं आएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् ।
उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनशन बस्दै आएका थिए ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । त्यसैले आफूले अनशन स्थगित गरेको बताए ।
चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।