अङ्कारा । टर्कीको इस्तानबुलमा आणविक ऊर्जा प्लान्टको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।
Advertisement
आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।
टर्कीको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठुलो सहर टर्कीमा बुधबारदेखि सुरु भएको सो कार्यक्रम पाँचौँ आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौँ शिखर सम्मेलनको नाम दिइएको थियो ।
यसलाई टर्की, अफ्रिका र मध्यपूर्वलाई समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ ।
दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीको अवसरलगायतका विषयमा छलफल गरिएको थियो । (रासस–सिन्ह्वा)