बेइजिङ । चीन र अमेरिकाको माझमा सहकार्य आवश्यक रहेको एक जना चिनियाँ कूटनीतिज्ञले महसुस गरेका छन् ।
बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएपछि यस्तो महसुस गरिएको हो ।
‘दुई मुलुकले सहकार्य गर्ने वा द्वन्द्वभन्दा विश्व समुदायको चाहनाअनुसार उनीहरूबिच कूटनीतिक मेल हँुदा विश्व समुदायलाई फाइदा हुन्छ’ चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भन्नुभयो– ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ ।’
ब्लिन्केनले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
चीनको सरकारी प्रसारक सिसिटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ ।
सिसिटीभीले भनेको छ– ‘यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।’
भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिङ्केनसँग एक चीन सिद्धान्तको वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ताइवानको स्वतन्त्रताको स्पष्ट विरोध गर्नुपर्ने बताउनुभएको सो टिभीले जनाएको छ ।
त्यस्तै, उत्तरदायी शासन व्यवस्था, प्रभावकारी सेवा प्रवाह र उपयुक्त नीतिमार्फत् खाद्य असुरक्षासँग लड्न सकिने सुझाव प्रतिवेदनले दिएको छ । (रासस/एएफपी)