काठमाडौँ । समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ ।
२०८० जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
जेठ २८ गते बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारू, सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही र पूर्णबहादुर कार्की, सचिव (महिला) मा क्रान्ति न्यौपाने, सचिव (दलित) मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी हुनुभएको छ ।
त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट, उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएटरप्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ भने अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको बताइएको छ ।
जेठ २६ गते शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिनुभएको थियो ।