भूवनेश्वर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा कोरोमन्डल एक्सप्रेसको दुर्घटनामा ज्यान गुमाएका अमरजितकुमार पासवानको शव नेपाल पठाइएको छ ।
उनी छिपरमायी गाउँपालिका लङ्गडी पर्सा निवासी प्रलाद पावसनका कान्छा छोरा हुन् ।
त्यस्तै, सङ्गठनकै पहलमा मृतकका घरपरिवारले पाउनुपर्ने क्षतिपूर्तिबापतको रकमसमेत दिलाइएको छ । मृतकका परिवारले पाउनुपर्ने क्षतिपूर्तिका लागि धेरै नै सङ्घर्ष गर्नुपरेको थियो ।
उनीहरूको पासवान थरका कारण पनि समस्या परेको गिरिराज परिवारले जानकारी दिनुभयो ।
गिरिराज परिवारले आफ्नो स्थानीय प्रमाणपत्र पेस गरेपश्चात् मात्रै मृतकका परिवारले पाउनुपर्ने क्षतिपूर्तिको आर्थिक रु। १० लाखको चेक आमा विन्दा देवीको नाममा प्राप्त भएको थियो ।
उक्त चेक मृतकका दाजु दीपक पासवानलाई हस्तान्तरण गरिएको छ ।
उक्त मामिलालाई समाधानका लागि मूल प्रवाहका केन्द्रीय सदस्य गिरिराज परिवारलाई पत्रकार कृष्ण पोखरेलको पनि सराहनीय सहयोग रहेको थियो ।